आज देशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज देशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, वैशाख ७ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थान र वाग्मती र कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम विज्ञान। स्थानीय र पश्चिमी वायुको मिश्रणले प्रभाव पारेको छ ।

जसका कारण सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज काठमाडौंको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री र अधिकतम ३२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 April 2023
Website | + posts