नेपाल वायुसेवा निगमद्वारा कर्जाको व्याज, क्षतिपूर्ति र जरिवाना छुटको माग

नेपाल वायुसेवा निगमद्वारा कर्जाको व्याज, क्षतिपूर्ति र जरिवाना छुटको माग : Icon Khabar

काठमाडौं, वैशाख ७ । आर्थिक संकटमा परेको नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ब्याज, क्षतिपूर्ति र जरिवाना मिनाहा गर्न अनुरोध गरेको छ ।

कोभिड–१९ को महामारीका कारण व्यवसायमा प्रतिकूल असर परेकाले सो अवधिको ब्याज, क्षतिपूर्ति र जरिवाना मिनाहा गरी सहयोग गर्न निगमले अनुरोध गरेको छ । गत असार मसान्तसम्म कर्जाबापत रु दुई अर्ब ९४२८ करोड तिरेको निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई पनि किस्ताको सङ्ख्या बढाउन र ऋण भुक्तानीमा सहजीकरण गर्न अनुरोध गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले आज जारी गरेको विज्ञप्तिमा निगमको अनुरोधमा इपीएफ र सिआइटीसँग छलफल भइरहेको उल्लेख छ ।

वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि निगमको व्यवसाय विस्तार र नगद प्रवाहमा क्रमिक सुधार भएको निगमले जनाएको छ । त्यसैले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारो बडी र दुई वाइड बडी जहाज ऋणमा खरिद गरिएको हो । ऋणको किस्ताबापत ५३ करोड ९५ लाख ५० हजार रुपैयाँ चैत १३ गते भुक्तानी गरिएको थियो ।

Published Date: 20 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग