चित्तबुझ्दो काम नगर्ने १५ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राख्यो

चित्तबुझ्दो काम नगर्ने १५ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राख्यो : Icon Khabar

काठमाडौं, वैशाख ७ । चित्तबुझ्दो काम नगर्ने १५ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका १५ निर्माण कम्पनीको विवरण सार्वजनिक गरेको छ ।

शैलेन्द्रकुमार कुरुम्बाङ नेतृत्वको एसएएस कन्स्ट्रक्सन प्रालि, विराटनगर तीन वर्षका लागि कालोसूचीमा परेको छ । हिलिहाङ गाउँपालिका पाँचथरले उक्त कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

त्यसैगरी दीपक सापकोटा नेतृत्वको शंकर माली कन्स्ट्रक्सन सर्भिसेज प्रालि, गोकर्णप्रसाद पण्डितको नागार्जुन कन्स्ट्रक्सन प्रालि, राजुप्रसाद श्रेष्ठको वाईपी कन्स्ट्रक्सन प्रालि र रविनकुमार जोशीको राफिना कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष र तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । महिना।

अन्य कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीको अवधिमा यी कम्पनीहरूले कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

Published Date: 20 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग