चित्तबुझ्दो काम नगर्ने १५ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राख्यो

चित्तबुझ्दो काम नगर्ने १५ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राख्यो : Icon Khabar

काठमाडौं, वैशाख ७ । चित्तबुझ्दो काम नगर्ने १५ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका १५ निर्माण कम्पनीको विवरण सार्वजनिक गरेको छ ।

शैलेन्द्रकुमार कुरुम्बाङ नेतृत्वको एसएएस कन्स्ट्रक्सन प्रालि, विराटनगर तीन वर्षका लागि कालोसूचीमा परेको छ । हिलिहाङ गाउँपालिका पाँचथरले उक्त कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

त्यसैगरी दीपक सापकोटा नेतृत्वको शंकर माली कन्स्ट्रक्सन सर्भिसेज प्रालि, गोकर्णप्रसाद पण्डितको नागार्जुन कन्स्ट्रक्सन प्रालि, राजुप्रसाद श्रेष्ठको वाईपी कन्स्ट्रक्सन प्रालि र रविनकुमार जोशीको राफिना कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष र तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । महिना।

अन्य कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीको अवधिमा यी कम्पनीहरूले कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 April 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने