सरकारले श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढायो

सरकारले श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढायो : Icon Khabar

काठमाडौं, वैशाख ४ । सरकारले श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मबारे अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो ।

यसका लागि सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले गठन गरेको समितिले अध्ययनको निष्कर्षसहितको अवधारणापत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको थियो । समितिका संयोजक तथा सांस्कृतिक विज्ञ डा जगमान गुरुङले आइतबार मन्त्री किरातीलाई उक्त अवधारणापत्र हस्तान्तरण गरेका हुन् ।

मन्त्री किरातीले समयसापेक्ष कन्सेप्ट नोटको प्रशंसा गर्दै यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गरे । प्रस्तावित विश्वविद्यालयको विस्तृत प्रतिवेदन तयार गर्न मन्त्रालयले छुट्टै समिति गठन गर्ने किरातीले बताए ।

समिति गठन भएको एक महिनाभित्र अवधारणापत्र तयार पारेको थियो । विश्वविद्यालयले हिन्दू धर्मको बारेमा व्यापक अनुसन्धान गर्न, हिन्दू धर्मका विज्ञ उत्पादन गर्न र सांस्कृतिक कूटनीतिको विकासमा पनि सहयोग गर्ने विश्वास छ ।

विश्वविद्यालयले नेपाललाई विश्वकै आध्यात्मिक आकर्षणको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्नेमा डा गुरुङ विश्वस्त थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2023
Website | + posts








ताजा
असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत
चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?