सरकारले श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढायो

सरकारले श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढायो : Icon Khabar

काठमाडौं, वैशाख ४ । सरकारले श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मबारे अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो ।

यसका लागि सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले गठन गरेको समितिले अध्ययनको निष्कर्षसहितको अवधारणापत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाएको थियो । समितिका संयोजक तथा सांस्कृतिक विज्ञ डा जगमान गुरुङले आइतबार मन्त्री किरातीलाई उक्त अवधारणापत्र हस्तान्तरण गरेका हुन् ।

मन्त्री किरातीले समयसापेक्ष कन्सेप्ट नोटको प्रशंसा गर्दै यसलाई छिट्टै कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गरे । प्रस्तावित विश्वविद्यालयको विस्तृत प्रतिवेदन तयार गर्न मन्त्रालयले छुट्टै समिति गठन गर्ने किरातीले बताए ।

समिति गठन भएको एक महिनाभित्र अवधारणापत्र तयार पारेको थियो । विश्वविद्यालयले हिन्दू धर्मको बारेमा व्यापक अनुसन्धान गर्न, हिन्दू धर्मका विज्ञ उत्पादन गर्न र सांस्कृतिक कूटनीतिको विकासमा पनि सहयोग गर्ने विश्वास छ ।

विश्वविद्यालयले नेपाललाई विश्वकै आध्यात्मिक आकर्षणको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्नेमा डा गुरुङ विश्वस्त थिए ।

Published Date: 17 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु