फोहोर व्यवस्थापनमा उत्कृष्ट अवार्ड मार्फत रत्ननगर नगरपालिका सम्मानित

फोहोर व्यवस्थापनमा उत्कृष्ट अवार्ड मार्फत रत्ननगर नगरपालिका सम्मानित : Icon Khabar

चितवन, वैशाख ४ । देशभरका स्थानीय तहका लागि ठूलो चुनौती बनेको रत्ननगर नगरपालिकाले फोहोर व्यवस्थापनमा उदाहरणीय कार्य गरेको छ ।

देशका सबै स्थानीय तहलाई उछिन्दै नगरपालिकाले फोहोर व्यवस्थापनमा उत्कृष्ट अवार्ड हात पारेको छ ।

नेपाल नगरपालिका संघले युनाइटेड सिटीज लोकल गभर्नमेन्ट एसिया प्यासिफिकसँगको सहकार्यमा वातावरण तथा जनस्वास्थ्य संस्थानको प्राविधिक सहयोगमा तरल मल मल व्यवस्थापनसम्बन्धी नीति वकालत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेकोमा रत्ननगर नगरपालिकाले ५ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

युनाइटेड सिटीज लोकल गभर्नमेन्ट एसिया-प्यासिफिक बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनद्वारा सञ्चालित अन्तर्राष्ट्रिय संस्था हो। यसले वातावरण संरक्षण र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ ।

निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्नुअघि नै फोहोर व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक रु एक करोडदेखि रु एक करोड २५ लाखसम्मको बजेट खर्च गरेको नगरपालिकाका इन्जिनियर पंकज गिरीले बताए ।

निर्वाचित जनप्रतिनिधि आएपछि निजी क्षेत्रसँगको सहकार्यमा फोहोर व्यवस्थापन गरिएको हो । यो पद्धतिबाट नगरपालिकाले वार्षिक ४२ लाख आम्दानी गर्दै आएको छ ।

नगरपालिकाले फोहोर सङ्कलनमा निजी क्षेत्रलाई नलागेको, फोहोर व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम समेत गरेको उनले बताए ।

प्लाष्टिकजन्य पदार्थ उन्मूलनका लागि वातावरणमैत्री अभियान सञ्चालन भइरहेका छन् । सौराहालगायत विभिन्न क्षेत्रमा सञ्चालित होटलमा प्लाष्टिकको प्रयोग नियन्त्रण गर्न नगरपालिकाले कडाइ गरेको छ ।

रत्ननगरका मेयर प्रल्हाद सापकोटाले नगरपालिकाले सार्वजनिक स्थानमा प्लाष्टिक फाल्न निषेध गरेको बताए । बजार क्षेत्रको मानव मलमूत्र व्यवस्थापन गर्न नगरपालिकाको वडा नं ४ मा प्रशोधन केन्द्र निर्माण गरिएको उनले बताए ।

‘रत्ननगरलाई सफा, हरियाली र सुन्दर बनाउने प्रयासमा छौं,’ उनले नगरपालिकावासीको सहयोगमा अभियानले गति लिएको बताए ।

Published Date: 17 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी