फोहोर व्यवस्थापनमा उत्कृष्ट अवार्ड मार्फत रत्ननगर नगरपालिका सम्मानित

फोहोर व्यवस्थापनमा उत्कृष्ट अवार्ड मार्फत रत्ननगर नगरपालिका सम्मानित : Icon Khabar

चितवन, वैशाख ४ । देशभरका स्थानीय तहका लागि ठूलो चुनौती बनेको रत्ननगर नगरपालिकाले फोहोर व्यवस्थापनमा उदाहरणीय कार्य गरेको छ ।

देशका सबै स्थानीय तहलाई उछिन्दै नगरपालिकाले फोहोर व्यवस्थापनमा उत्कृष्ट अवार्ड हात पारेको छ ।

नेपाल नगरपालिका संघले युनाइटेड सिटीज लोकल गभर्नमेन्ट एसिया प्यासिफिकसँगको सहकार्यमा वातावरण तथा जनस्वास्थ्य संस्थानको प्राविधिक सहयोगमा तरल मल मल व्यवस्थापनसम्बन्धी नीति वकालत कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेकोमा रत्ननगर नगरपालिकाले ५ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

युनाइटेड सिटीज लोकल गभर्नमेन्ट एसिया-प्यासिफिक बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनद्वारा सञ्चालित अन्तर्राष्ट्रिय संस्था हो। यसले वातावरण संरक्षण र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ ।

निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्नुअघि नै फोहोर व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक रु एक करोडदेखि रु एक करोड २५ लाखसम्मको बजेट खर्च गरेको नगरपालिकाका इन्जिनियर पंकज गिरीले बताए ।

निर्वाचित जनप्रतिनिधि आएपछि निजी क्षेत्रसँगको सहकार्यमा फोहोर व्यवस्थापन गरिएको हो । यो पद्धतिबाट नगरपालिकाले वार्षिक ४२ लाख आम्दानी गर्दै आएको छ ।

नगरपालिकाले फोहोर सङ्कलनमा निजी क्षेत्रलाई नलागेको, फोहोर व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम समेत गरेको उनले बताए ।

प्लाष्टिकजन्य पदार्थ उन्मूलनका लागि वातावरणमैत्री अभियान सञ्चालन भइरहेका छन् । सौराहालगायत विभिन्न क्षेत्रमा सञ्चालित होटलमा प्लाष्टिकको प्रयोग नियन्त्रण गर्न नगरपालिकाले कडाइ गरेको छ ।

रत्ननगरका मेयर प्रल्हाद सापकोटाले नगरपालिकाले सार्वजनिक स्थानमा प्लाष्टिक फाल्न निषेध गरेको बताए । बजार क्षेत्रको मानव मलमूत्र व्यवस्थापन गर्न नगरपालिकाको वडा नं ४ मा प्रशोधन केन्द्र निर्माण गरिएको उनले बताए ।

‘रत्ननगरलाई सफा, हरियाली र सुन्दर बनाउने प्रयासमा छौं,’ उनले नगरपालिकावासीको सहयोगमा अभियानले गति लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2023
Website | + posts








ताजा
असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत
चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?