काठमाडौं महानगरमा राति ८ बजेपछि मात्रै पूर्वाधार निर्माण कार्य गर्न पाइने

काठमाडौं महानगरमा राति ८ बजेपछि मात्रै पूर्वाधार निर्माण कार्य गर्न पाइने : Icon Khabar

काठमाडौं, वैशाख ४ । काठमाडौं महानगरपालिकाले पूर्वाधार निर्माण तथा मर्मत गर्दा व्यवस्थित र सुरक्षित तवरले गर्न आग्रह गरेको छ । महानगरले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।

महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन भनेको छ । यस्तै, सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य सकभर रातिको ८ बजेपछि मात्र गर्न गराउन आग्रह गरेको छ ।

यदि, निर्माणस्थलमा घेरावार नलगाई वा संकेत क्षेत्र निर्धारण नगरी राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै समय जफत गर्ने र ऐन बमोजिम जरिवाना गर्ने चेतावनीसमेत महानगरले दिएको छ ।

Published Date: 17 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु