काठमाडौं महानगरमा राति ८ बजेपछि मात्रै पूर्वाधार निर्माण कार्य गर्न पाइने

काठमाडौं महानगरमा राति ८ बजेपछि मात्रै पूर्वाधार निर्माण कार्य गर्न पाइने : Icon Khabar

काठमाडौं, वैशाख ४ । काठमाडौं महानगरपालिकाले पूर्वाधार निर्माण तथा मर्मत गर्दा व्यवस्थित र सुरक्षित तवरले गर्न आग्रह गरेको छ । महानगरले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।

महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन भनेको छ । यस्तै, सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण मर्मत कार्य सकभर रातिको ८ बजेपछि मात्र गर्न गराउन आग्रह गरेको छ ।

यदि, निर्माणस्थलमा घेरावार नलगाई वा संकेत क्षेत्र निर्धारण नगरी राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाले जुनसुकै समय जफत गर्ने र ऐन बमोजिम जरिवाना गर्ने चेतावनीसमेत महानगरले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 April 2023
Website | + posts