अमरज्योति मन्टेश्वरी (ज्ञानकुञ्ज ) को १० औं बार्षिक अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

अमरज्योति मन्टेश्वरी (ज्ञानकुञ्ज ) को १० औं बार्षिक अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत २९ । अमरज्योति मन्टेश्वरी (ज्ञानकुञ्ज ), कमलविनायक भक्तपुरको १० औं बार्षिक अभिभावक दिवस तथा साँस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ।

अभिभावक, विद्यार्थी तथा शुभचिन्तकबीच विद्यालयका संस्थापक प्रिन्सिपल किरण गोसाईको सभापत्तित्वमा समापन भएको उक्त कार्यक्रममा ईसान नेपालका केन्द्रिय अध्यक्ष प्रेमजनथापा श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। अध्यक्ष थापाले विद्यालयको वार्षिक परीक्षामा प्रथम, द्धितीय, तृतीय हुन सफल विद्यार्थीहरुलाई ट्रफी र प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले बाल विकासका लागि एउटा विद्यालयको भुमिका कति महत्वपुर्ण हुन्छ भन्ने कुरा प्रकाश पारेका थिए। विशेष अतिथि अपेन केन्द्रिय सचिव कृष्ण कुमार बोहराले अमरज्योतिले विद्यार्थीहरुको सवाङ्गिण विकासका लागि गरिरहेको कार्यको मुक्तकण्ठले प्रशंसा गरेका थिए। उनले काम गर्ने क्रममा आउने चुनौतीहरुसँग डटेर सामना गर्नको लागि सुझाए।

कार्यक्रमका अतिथि पशुपती मन्टेश्वरी ट्रेनिङ्ग सेन्टरका प्रमुख अनिता काफ्ले र ई.सि.एल.एफ नेपालका संस्थापक पुजा महेश्वरीले विद्यालयले गरेको विभिन्न कार्यक्रमका विभिन्न विधामा सफल विद्यार्थीहरुलाई पुरस्कार तथा प्रामाण पत्र वितरण गरेका थिए ।

त्यसैगरी नेपाल ओलम्पिक कमिसनका सचिब सम्झना बस्नेतले विभिन्न गतिविधिमा सकृय सहभागिता जनाउने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेकी थिईन्। सोहि कार्यक्रममा कक्षा प्रि २ बाट उर्तीण १९ विद्याथीहरु दिक्षित भएका थिए । विद्यालयका संस्थापक प्रिसिपल किरण गोसाई तथा संस्थापक कोअर्डिनेटर लक्ष्मी क्षेत्रीद्धारा विद्यालयको विकासका लागि ५ वर्ष भन्दा बढी आफ्नो जीवनका रंगिन समय तथा कर्मठ साथ दिनुहुने ३ शिक्षिका र १ जना आया दिदीलाई कदर पत्र सहित सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै संस्थापक प्रिन्सिपल गोसाईले अहिलेको शिक्षाले २१ औं सताव्दीको लागि आवश्यक व्यवहार कुशल शीपहरुलाई प्राथमिक्ता दिनुपर्ने बताए । बास्तविक जीवनमा आउने समस्याहरुसंग सामना गर्न सक्ने शीप दिनुपर्नेमा उनले जोड दिए। उनले थपे,”सृजनशीलतालाई प्राथमिकतामा राख्नु पर्दछ । समूहमा मिलेर काम गर्न सक्ने क्षमताको विकास गर्ने हुनुपर्दछ र राम्रो संचार शीप सिकाउने हुनुपर्दछ । प्रगतिपथमा लाने हुनुपर्दछ। सम्रगमा शिक्षा समावेशी तथा प्रगतिशिल हुनु पर्छ ।”

कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले विभिन्न प्रस्तुती मार्फत आफ्नो प्रतिभा पस्केका थिए । कक्षा १ मा अध्ययनरत छात्र स्वपनिल कार्कीले अतिथिगत तथा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य मार्फत स्वागत गरेका थिए। सो कार्यक्रम विद्यालयका इन्चार्ज सानुमाया लवजुले संचालन गरेकी थिइन्।

अमरज्योतिले वर्षभरी विद्यार्थी लक्षित विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ। विद्यार्थीहरुको सम्पुर्ण पक्षको विकासमा यस विद्यालय सचेत रहेको कुरा प्रिन्सिपल गोसाईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
Published Date: 12 April 2023
Website | + posts