काठमाडौं, कात्तिक ११ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
यसअघिको पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्स आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने प्रयासमा हुनेछ। यता, पोखरा एभेन्जर्स भने यस सिजनको पहिलो खेल खेल्दै जितका साथ प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छ।
एनपीएलमा यसअघि भएका खेलहरूमा लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले आफ्नो पहिलो खेल जित्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरिसकेका छन्।
आजको खेलमा सुदूरपश्चिमलाई जितको लयमा फर्कने चुनौती हुनेछ भने पोखरालाई विजयी सुरुवात गर्ने अवसर रहनेछ। त्यसैले दुवै टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
Published Date: 28 October 2026