सिद्धि गणेश साकोसमा लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिद्धि गणेश साकोसमा लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, चैत्र २५ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा लोकसेवा तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुले अध्ययनशिल र सिर्जनशिल हुनुपर्ने र आफ्नो क्षमता आफै्ले पहिचान गरि लोकसेवा तयारीका अघि बढोस भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा संस्था उपाध्यक्ष विष्णुराम दुमरुले हाल देखिएको बेरोजगारीको दरलाई कम गर्नका लागि शैक्षिक क्षेत्रमा संलग्न सदस्यहरुलाई उत्प्रेरित गर्नका लागि यो कार्यक्रम अति आवश्यक र परिणाममूखि हुने कुरा बताए । साथै विगतमा यस किसिमको कार्यक्रमले सकारात्मक परिणाम आएको पनि स्मरण गराए । हाल बैदेशिक रोजगारीमा लाखौ युवाहरु विदेशमा छन् कतिपय नेपालीहरुले खाडी मुलुकमा ज्यान गुमाउनु परेको छ भने कति पय नेपालीहरु अष्ट्रेलिया, जापान, अमेरिका आदि देशमा जाने तर नेपाल नर्फकिने गर्छन जसले गर्दा अभिभावकहरु आफ्नो सन्तानबाट टाढिएर बस्न बाध्य भएको बताए । नेपाल मै इमान्दारीताका साथ भ्रष्टाचार मुक्त देशको सेवा गर्ने हो भने देशको आर्थिक अवस्था सुधार हुने कुरा व्यक्त गरे ।

कार्यक्रमका सहजकर्ता लोकसेवा आयोगका निवृत शाखा अधिकृत मणिरत्न बज्राचार्यले आफ्नो ३७ वर्ष ९ महिनाको अनुभवमा लोकसेवामा कसैको भनसुन नचल्ने निष्पक्ष रुपमा छनौट गर्ने भएकोेले दुढतापूर्वक लोकसेवा तयारीमा लाग्न अनुरोध गरे । किसान परिवारबाट हुर्केका हामी राज्यको पहुँच व्यक्तिको रुपमा परिचित हुनको लागि नयाँ वर्षको शुभकामना सहित तयारी वर्षको रुपमा अगाडी बढ्न प्रेरित गर्दै सामाजिक सञ्जालमा भुल्न नहुने बताए । भक्तपुर नगरपालिका शिक्षा क्षेत्रमा नै अगाडी रहेको हुनाले यहाँका वासिन्दाहरु राज्यको पहुँच व्यक्ति बन्नु पर्ने कुरा व्यक्त गर्दै सरकारी सेवामा वर्तमान संगै भविष्य पनि उज्वल रहने बताए ।

कार्यक्रममा सहजकर्ता कर्मचारी सञ्चय कोषका निवृत वरिष्ठ प्रबन्धक महेन्द्र राज शाक्यले लोकसेवा तयारी सम्बन्धी प्रस्तुतीकरण गरेको थियो। नेपालको संविधानमै लोकसेवा गठन सम्बन्धी प्रावधान भएको र लोकसेवा अन्र्तगत सरकारी कर्मचारीहरु छनौट गर्ने भएकोले आजै बाट तयारीमा लाग्नु पर्ने बताउदै नेपालमा भएको विभिन्न सरकारी सेवाहरुको बारेमा चर्चा गरे। साथै लोकसेवाका लागि योग्य र अयोग्य व्यक्तिको बारेमा पनि स्पष्ट व्याख्या समेत गरे । एक पटक असफल हुदैमा तयारीलाई पुर्नविराम लाउनु हुदैन भन्दै पटक पटक प्रयास गर्नुपर्ने कुरामा जोड उनले जोड दिए ।

संस्थाको सचिव एवं शिक्षा उपसमितिको संयोजक विष्णुप्रसाद दुमरुले संस्थाको ६ वटा उद्देश्य मध्येको एक उद्देश्य अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको बताउदै हाल उच्च शिक्षा हासिल गरेको व्यक्तिहरु पनि न्यून पारिश्रमिकमा काम गर्न बाध्य भइरहेको हुनाले ती व्यक्तिहरुलाई नै लक्षित गरिएको कुरा व्यक्त गरे । हाल पनि भनसुन कै आधारमा काम पाइने मानसिकता छ जुन टिकाउ नहुने भएकोले विद्यार्थीहरुले अध्ययनशिल र सिर्जनशिल हुनुपर्ने र आफ्नो क्षमता आफै्ले पहिचान गरि लोकसेवा तयारीका अघि बढ्नुपर्ने कुरा व्यक्त गरे । विद्यार्थीले संघर्ष गर्नुपर्ने र आफ्नो लागि आफै नै पढ्नु पर्ने भएकाले देशको संविधान, सम्बन्धित ऐनहरुको अध्ययन गरी राज्यको सेवा गरी आत्मनिर्भर बन्नुपर्ने आजको आवश्यकता रहेको कुरामा जोड दिए ।

शिक्षा उपसमितिको सचिव किरण वनमालाले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्था व्यवस्थापक शिला गोसाईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

Published Date: 08 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग