लामिछानेविरुद्धको सुनुवाइ बुधबार हुने

लामिछानेविरुद्धको सुनुवाइ बुधबार हुने : Icon Khabar

काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बुधबार सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अदालतको नियमका कारण न्यायाधीश अनिलकुमार सिन्हाले सुनुवाइको अध्यक्षता गर्न नसकेकाले बुधबारको सुनुवाइ सारिएको छ । उच्च अदालतका न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूले पहिले नै एउटै मुद्दामा कुनै आदेश जारी गरिसकेकाले सोहि व्यक्ति बिरुद्दको मुद्दा पुन : आफैले हेर्न नमिल्ने र अर्को न्यायाधीशको इजलासले हेर्ने भनि आदेश जारि भएको थियो ।

अधिवक्ता युवराज पौडेलले राहदानी दुरुपयोग गरेको अभियोगमा सजायबाट छुट पाएको भन्दै लामिछानेविरुद्ध सोमबार रिट दायर गरेका थिए ।

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गत फागुन २० गते राहदानी दुरुपयोग गरेको आरोपमा लामिछानेविरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरेका थिए । उच्च सरकारी वकिलको कार्यालयबाट जिल्ला सरकारी वकिलको कार्यालयमार्फत आएको प्रतिवेदनका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2023
Website | + posts