काठमाडौँ, चैत २१ । मंगलबार नेप्से परिसूचक ५.२० अंक घटेर १८६६.६८ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ९२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा, आज २६४ स्टकको २३ हजार १७० पटकको कारोबारमा ९१ करोड ७६ लाख १० हजार रुपैयाँ बराबरको २९ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। मंगलबार विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको छ।
निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशत घटेको छ।
Published Date: 04 April 2023