मंगलबार पनि नेप्सेमा गिरावट, नेप्से परिसूचक ५.२० अंकले घट्यो

मंगलबार पनि नेप्सेमा गिरावट, नेप्से परिसूचक ५.२० अंकले घट्यो : Icon Khabar

काठमाडौँ, चैत २१ । मंगलबार नेप्से परिसूचक ५.२० अंक घटेर १८६६.६८ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ९२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा, आज २६४ स्टकको २३ हजार १७० पटकको कारोबारमा ९१ करोड ७६ लाख १० हजार रुपैयाँ बराबरको २९ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। मंगलबार विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको छ।

निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशत घटेको छ।

Published Date: 04 April 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु