सुनको मूल्य झन् झन् उकालो चढ्न लागेको हो ? कति पुग्यो आज सुन चाँदीको मूल्य ?

सुनको मूल्य झन् झन् उकालो चढ्न लागेको हो ? कति पुग्यो आज सुन चाँदीको मूल्य ? : Icon Khabar

काठमाडौँ, चैत २१ । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । आज सुन तोलामा एक हजार रुपैयाँले महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार भने सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला एक लाख ८ हजार रुपैयाँमा झरेको थियो । २ दिनमा सुन प्रतितोला एक हजार २०० रुपैयाँले ओरालो लागेको थियो।

चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेको छ ।चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ।

Published Date: 04 April 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु