अनलाइन ठगी गरेको आरोपमा धनुषाबाट २३ जना पक्राउ

अनलाइन ठगी गरेको आरोपमा धनुषाबाट २३ जना पक्राउ : Icon Khabar

काठमाडौं, चैत २१ । धनुषा प्रहरीले अनलाइन ठगी गरेको आरोपमा २३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले सोमबार साँझ जनकपुरधाम चोकस्थित बर्गर हाउसको परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो । अनलाइन ठगीमा संलग्न भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको धनुषा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनीहरु चोकमा भाडाको फ्ल्याटबाट सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

डिएसपी गौतमले विभिन्न एप्समार्फत ठगी गर्ने काममा संलग्न रहेको बताए । उनीहरुलाई पक्राउ गरेपछि १४ पुरुष र ९ महिलालाई हिरासतमा लिइएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको र समयमै थप विवरण आउने गौतमले बताए ।

Published Date: 04 April 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु