अनलाइन ठगी गरेको आरोपमा धनुषाबाट २३ जना पक्राउ

अनलाइन ठगी गरेको आरोपमा धनुषाबाट २३ जना पक्राउ : Icon Khabar

काठमाडौं, चैत २१ । धनुषा प्रहरीले अनलाइन ठगी गरेको आरोपमा २३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले सोमबार साँझ जनकपुरधाम चोकस्थित बर्गर हाउसको परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो । अनलाइन ठगीमा संलग्न भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको धनुषा प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनीहरु चोकमा भाडाको फ्ल्याटबाट सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

डिएसपी गौतमले विभिन्न एप्समार्फत ठगी गर्ने काममा संलग्न रहेको बताए । उनीहरुलाई पक्राउ गरेपछि १४ पुरुष र ९ महिलालाई हिरासतमा लिइएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको र समयमै थप विवरण आउने गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने