मुस्ताङमा १२–१४ कार्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह

मुस्ताङमा १२–१४ कार्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह : Icon Khabar

मुस्ताङ, कार्तिक ११ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२–१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय र लोमन्थाङ गाउँपालिकाले आग्रह गरेका छन्।

गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिमसमेत रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

चिसो बढ्ने, पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

यसैगरी, हिमपातका कारण कोरला नाका तथा आसपासका क्षेत्रमा सडक चिप्लो भई दुर्घटना र सडक अवरोधको जोखिम रहेकाले मौसम अनुकूल नभएसम्म उक्त क्षेत्रमा यात्रा तथा सवारीसाधनको आवागमन स्थगित गर्न लोमन्थाङ गाउँपालिकाले आग्रह गरेको छ।

Published Date: 28 October 2026