पाँच बर्ष पछि रास्वपाले दुई तिहाइ सिट जित्नेछ: रवि लामिछाने

पाँच बर्ष पछि रास्वपाले दुई तिहाइ सिट जित्नेछ: रवि लामिछाने : Icon Khabar

काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टीलाई ५ वर्षपछि एकदलीय सरकार बनाउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

चितवन क्षेत्र नं २ मा आगामी वैशाख १२ गते हुने उपनिर्वाचनका उम्मेदवार समेत रहेका लामिछानेले आफूमाथि जतिसुकै मुद्दा दायर गरेपनि फरक नपर्ने दाबी गरे ।

गत निर्वाचनमा आफ्नो पार्टी गठन भएको ६ महिनामा २० सिट जितेको उल्लेख गर्दै उनले भने, ‘पाँच वर्षमा दुई तिहाइ जित्न सक्छ।’

उनले उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले जित्ने दाबी गरे ।

उनले आफ्नो पार्टी सरकारमा जाने प्रश्नको पनि जवाफ दिए । उनले सरकारमा रहँदा पनि दाहाल, ओली र देउवाको सेवा नगरेर जनताका लागि काम गरेको बताए । ३२ दिन सरकारमा रहँदा आफ्नो काम देखाउन खोजेको भन्दै उनले भने, ‘मैले १०० दिन सेवा गरेको भए कति भ्रष्टाचारी जेल जान्थे होलान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने