पाँच बर्ष पछि रास्वपाले दुई तिहाइ सिट जित्नेछ: रवि लामिछाने

पाँच बर्ष पछि रास्वपाले दुई तिहाइ सिट जित्नेछ: रवि लामिछाने : Icon Khabar

काठमाडौं, चैत २१ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो पार्टीलाई ५ वर्षपछि एकदलीय सरकार बनाउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

चितवन क्षेत्र नं २ मा आगामी वैशाख १२ गते हुने उपनिर्वाचनका उम्मेदवार समेत रहेका लामिछानेले आफूमाथि जतिसुकै मुद्दा दायर गरेपनि फरक नपर्ने दाबी गरे ।

गत निर्वाचनमा आफ्नो पार्टी गठन भएको ६ महिनामा २० सिट जितेको उल्लेख गर्दै उनले भने, ‘पाँच वर्षमा दुई तिहाइ जित्न सक्छ।’

उनले उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले जित्ने दाबी गरे ।

उनले आफ्नो पार्टी सरकारमा जाने प्रश्नको पनि जवाफ दिए । उनले सरकारमा रहँदा पनि दाहाल, ओली र देउवाको सेवा नगरेर जनताका लागि काम गरेको बताए । ३२ दिन सरकारमा रहँदा आफ्नो काम देखाउन खोजेको भन्दै उनले भने, ‘मैले १०० दिन सेवा गरेको भए कति भ्रष्टाचारी जेल जान्थे होलान् ।

Published Date: 04 April 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु