दक्षिण कोरियाको जङ्गलहरुमा आगलागी, कोरियाली सरकारद्वारा सुख्खा मौसमको विशेष चेतावनी जारी

दक्षिण कोरियाको जङ्गलहरुमा आगलागी, कोरियाली सरकारद्वारा सुख्खा मौसमको विशेष चेतावनी जारी : Icon Khabar

सियोल, चैत १९ । (सिन्ह्वा) वसन्त ऋतुमा सुख्खा र हावा चल्ने मौसमका कारण आइतबार दक्षिण कोरियाभर जंगलमा आगलागी भएको योनहाप समाचार एजेन्सीले कोरिया फरेस्ट सर्भिसलाई उद्धृत गर्दै जनाएको छ।

जानकारी अनुसार देशभरि कुल ३० वन आगलागी भएको हो जसमा जम्मा १५ वटा आगो निभाइएको थियो। कोरियाली सरकारले सुख्खा मौसमको विशेष चेतावनी जारी गरेको छ ।

एक अपेक्षाकृत ठूलो आगो स्थानीय समय अनुसार बिहान ११:५३ बजे सियोलको माउन्ट इनवाङमा भएको थियो, जुन देशको राष्ट्रपति कार्यालयको अघिल्लो स्थान नजिकको पहाड हो।

आगो निभाउने अधिकारीहरूले सयौं कर्मचारी, नौ हेलिकप्टर र अन्य उपकरणहरू परिचालन गरी तीन घण्टाभन्दा बढी समयसम्म नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए। वन नजिक रहेका करिब १२० घरका बासिन्दाहरूलाई खाली गरिएको छ।

डढेलोले करिब ०.२३ वर्ग किलोमिटर जङ्गल जमिन वा ३२ वटा फुटबल मैदानको आकारलाई नष्ट गरेको प्राप्त जानकारीमा उल्लेख छ।

अर्को ठूलो जंगल आगो स्थानीय समय अनुसार बिहान ११:०० बजे सियोलबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको होङ्सेओङको पहाडबाट सुरु भयो। आगलागी नजिकैका निजी घरहरूमा फैलिए पनि मानवीय क्षति भने भएको छैन ।

यसले करिब २०० हेक्टर जङ्गल जलेको छ, छ वटा निजी घर, एउटा पशुपालन फार्म र एउटा अन्न गोदाम ध्वस्त भएको छ ।

आगो निभाउनका लागि दमकलले १७ हेलिकप्टर र एक हजार ६०० भन्दा बढी अधिकारीहरू पठाए पनि आगोको ३० प्रतिशत मात्रै स्थानीय समय अनुसार साँझ ४ बजे मात्र निभाइएको थियो ।

Published Date: 02 April 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा