देशका विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित पक्राउ

देशका विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित पक्राउ : Icon Khabar

झापा, चैत १९ । मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित विर्तामोड नगरपालिका-५ बस्ने २६ वर्षीय अर्जुन सुब्बालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ९ सय ग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने ३४ वर्षीय सुजन श्रेष्ठ समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना.७ ख ६८३९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी ट्रक चालक श्रेष्ठ समेत २ जनालाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ४० ट्याब्लेट, वनरेक्स १ सय ९८ पिस र नगद ६५ हजार रूपैयाँसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ बस्ने ४७ वर्षीय गोपाल बहादुर स्याङ्तानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७ च ४६४२ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी कारका चालक स्याङ्तानलाई पक्राउ गरेको हो ।

कपिलवस्तु, यशोधरा गाउँपालिका-६ पुर्निहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित भारत घर भएका ३६ वर्षीय गोरख यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एएफ ६२४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक यादवलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कपिलवस्तु, मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्रामसहित बाणंगगा नगरपालिका-८ बस्ने ३४ वर्षीय ओम बहादुर रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.३० प ५४७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक रानालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू