‘तूइन् पारी’ बोलको मर्मस्पर्शी गीतमा नाजिर हुसेनको दमदार अभिनय

‘तूइन् पारी’ बोलको मर्मस्पर्शी गीतमा नाजिर हुसेनको दमदार अभिनय : Icon Khabar

काठमाडौँ, चैत १९ । हरि हुमागाँइ निर्देशित ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कमल खत्रीको स्वर, शब्द र संगीत रहेको छ । गीतमा रिकेश गुरुङको संगीत संयोजक छ ।

सार्वजनिक गीतको अडियो र भिडियो नै मनछुने छ । भिडियोमा कलाकार नाजिर हुसेन, रुषा न्यौपाने र सायना हुमागाईंको अभिनय छ । नाजिरले भिडियोमा वैदेशिक रोजगारीमा गएर स्वदेश र्फकिने एक युवाको भूमिका निर्वाह गरेका छन् । जसको कथा तथा पटकथा नाजिर हुसेनले नै लेखेका हुन् ।

भिडियोले विकट गाउँबाट प्रदेश जाने युवाले आफ्नो घरमा श्रीमतीलाई गाहा्रो परेको खबर पाएर गाँउ फर्केर घर आइपुग्न साथ आफ्नी जीवनसंगीनीले नवजात शिशु मायाको चिनो दिएर संसार छाडी सकेको पीडालाई वास्तविक रुपमा देखाएको छ । सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँ र नाजिर हुसेनले निर्देशन गरेका हुन् ।

Published Date: 02 April 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय