आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो 

आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो  : Icon Khabar

काठमाडौँ, चैत १९ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने सुन तोलामा नै एक हजार रुपैयाँले महंगिएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ४० रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित