बागमती प्रदेश स्तरिय खेलकुदका लागि भक्तपुरबाट खेलाडी छनोट सुरू

बागमती प्रदेश स्तरिय खेलकुदका लागि भक्तपुरबाट खेलाडी छनोट सुरू : Icon Khabar

भक्तपुर, चैत १९ । भक्तपुरमा बागमती प्रदेश खेलकुद–२०७९ खेलाडी छनौट सुरु भएको छ । भक्तपुरको महेश्वरी खेल मैदानमा शनिबार आयोजित एक समारोहबीच उक्त खेलाडी छनौट कार्यक्रम सुरू भएको हो ।

कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरेका पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो समारोह उद्घाटन गरेका थिए। अध्यक्ष नेपालले शिक्षा जस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताए ।

खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिनेछ ।’ खेलकुद मानवीय जीवनको अंग हो, मानवीय जीवनमा शिक्षा जति आवश्यक छ, खेलकुद पनि उत्तिकै आवश्यक छ, “उनले भने।

उक्त प्रतियोगिता यही चैत २५ गतेसम्म सञ्चालन हुने भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले बताए । प्रतियागिताबाट कराते, तेक्वाण्डो, एथलेष्टिक, बक्सिङ्, आईटी.एफ तेक्वाण्डो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, व्याडमिन्टन, पौडीलगायतका खेलका उत्कृष्ट खेलाडी छनौट गरिने जनाइएको छ।

Published Date: 02 April 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय