बागमती प्रदेश स्तरिय खेलकुदका लागि भक्तपुरबाट खेलाडी छनोट सुरू

बागमती प्रदेश स्तरिय खेलकुदका लागि भक्तपुरबाट खेलाडी छनोट सुरू : Icon Khabar

भक्तपुर, चैत १९ । भक्तपुरमा बागमती प्रदेश खेलकुद–२०७९ खेलाडी छनौट सुरु भएको छ । भक्तपुरको महेश्वरी खेल मैदानमा शनिबार आयोजित एक समारोहबीच उक्त खेलाडी छनौट कार्यक्रम सुरू भएको हो ।

कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरेका पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो समारोह उद्घाटन गरेका थिए। अध्यक्ष नेपालले शिक्षा जस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताए ।

खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिनेछ ।’ खेलकुद मानवीय जीवनको अंग हो, मानवीय जीवनमा शिक्षा जति आवश्यक छ, खेलकुद पनि उत्तिकै आवश्यक छ, “उनले भने।

उक्त प्रतियोगिता यही चैत २५ गतेसम्म सञ्चालन हुने भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले बताए । प्रतियागिताबाट कराते, तेक्वाण्डो, एथलेष्टिक, बक्सिङ्, आईटी.एफ तेक्वाण्डो, उसु, जुडो, फुटबल, क्रिकेट, भलिबल, व्याडमिन्टन, पौडीलगायतका खेलका उत्कृष्ट खेलाडी छनौट गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित