एमालेद्वारा देशमा निम्तिरहेको आर्थिक संकट समाधान गर्न सरकारको ध्यानाकर्षण

एमालेद्वारा देशमा निम्तिरहेको आर्थिक संकट समाधान गर्न सरकारको ध्यानाकर्षण : Icon Khabar

काठमाडौं, चैत १९ । नेकपा एमालेले मुलुकको वर्तमान आर्थिक संकट समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले मुलुकको वर्तमान आर्थिक अवस्था र ब्याजदरबाट पीडित नागरिकका समस्याका बारेमा छलफल गरी ती समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको एमाले सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले तरलता संकट समाधानका लागि ठोस पहल गर्न र बैंक, वित्तीय संस्था र लघुवित्तको ब्याजदर घटाएर तोकिएको सीमाभित्र राख्न सरकारसँग माग गरेको छ ।

व्यापार घाटा निरन्तर बढ्दै गएको र राष्ट्रिय उत्पादन निरन्तर घट्दै गएकाले मुलुकको अर्थतन्त्र सबै क्षेत्रमा समस्याग्रस्त बन्दै गएको पार्टीको निष्कर्ष छ ।

Published Date: 02 April 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय