हेटौँडा–कुलेखानी–काठमाडौँ सडक मर्मतसम्भारका लागि बन्द रहने

हेटौँडा–कुलेखानी–काठमाडौँ सडक मर्मतसम्भारका लागि बन्द रहने : Icon Khabar

काठमाडौं, चैत्र १९ । हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं प्रवेश गर्ने छोटो दुरीका दुईवटा सडक स्तरोन्नतिका लागि बन्द गरिने भएको छ । चितलाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–चैमले–दक्षिणकाली सडक पनि स्तरोन्नतिका लागि बन्द छ ।

हाल सडक स्तरोन्नति र मर्मतसम्भारको काम भइरहेकोले अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरिएको थाहा नगरपालिकाका मेयर विष्णु विष्टले जानकारी दिए । हरेक दिन साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सडक बन्द रहने वडा कार्यालयले जनाएको छ ।

त्यसैगरी कुलेखानी–सिस्नेरी–चैमले–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ जमिरेदेखि रामचन्द्र भञ्ज्याङ सडक स्तरोन्नति भैरहेकोले सो खण्डमा सडक अवरुद्ध रहनेछ । इन्द्रसरोवर गाउँपालिका–३ को कार्यालयले सडक स्तरोन्नतिको काम गरिरहेको छ ।

हरेक दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म एम्बुलेन्स, स्थानीय सवारीसाधन र स्थानीय रुटमा चल्ने सवारीसाधन बाहेक अन्य सवारी साधन नचलाउन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 02 April 2023
Website | + posts
ताजा
सडक निर्माण तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन, सूर्यविनायक–धुलिखेल ६ लेन विस्तार ५०% नाघ्यो
पटक-पटकको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग स्थायी रूपमा निर्माण सुरु
नेपाल र चीन बीचको मालसामान ढुवानी गर्ने केरूङ नाका अझै पूर्ण रूपमा बन्द
आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सकिमना पुन्ही : प्रकृति र अन्नप्रतिको सम्मान गर्ने पर्व
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
राममन्दिर र बराहीस्थान उकालो क्षेत्र अब वान वे, भक्तपुरमा एकतर्फी सवारी सञ्चालन सुरु