हेटौँडा–कुलेखानी–काठमाडौँ सडक मर्मतसम्भारका लागि बन्द रहने

हेटौँडा–कुलेखानी–काठमाडौँ सडक मर्मतसम्भारका लागि बन्द रहने : Icon Khabar

काठमाडौं, चैत्र १९ । हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं प्रवेश गर्ने छोटो दुरीका दुईवटा सडक स्तरोन्नतिका लागि बन्द गरिने भएको छ । चितलाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–चैमले–दक्षिणकाली सडक पनि स्तरोन्नतिका लागि बन्द छ ।

हाल सडक स्तरोन्नति र मर्मतसम्भारको काम भइरहेकोले अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरिएको थाहा नगरपालिकाका मेयर विष्णु विष्टले जानकारी दिए । हरेक दिन साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सडक बन्द रहने वडा कार्यालयले जनाएको छ ।

त्यसैगरी कुलेखानी–सिस्नेरी–चैमले–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ जमिरेदेखि रामचन्द्र भञ्ज्याङ सडक स्तरोन्नति भैरहेकोले सो खण्डमा सडक अवरुद्ध रहनेछ । इन्द्रसरोवर गाउँपालिका–३ को कार्यालयले सडक स्तरोन्नतिको काम गरिरहेको छ ।

हरेक दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म एम्बुलेन्स, स्थानीय सवारीसाधन र स्थानीय रुटमा चल्ने सवारीसाधन बाहेक अन्य सवारी साधन नचलाउन अनुरोध गरिएको छ ।

Published Date: 02 April 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय