लेवान्डोस्की चम्कँदा बार्सिलोनाको सानदार जित

लेवान्डोस्की चम्कँदा बार्सिलोनाको सानदार जित : Icon Khabar

काठमाडौं,  चैत्र १९ ।  पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाले रेलिगेसन जोनको पुछारमा रहेको घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो । थप दुई गोल अन्सु फाती र फेरान टोरेसको नाममा रह्यो ।

इल्चेमा शनिबार राति भएको एक पक्षीय खेलको २०औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । उनले रोनाल्ड एराउजोको पासमा गोल गर्न सफल भएका थिए ।

५६औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले फेरान टोरेसको पासलाई सदुपयोग गरे । ६६औं मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले व्यक्तिगता दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए ।

७०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए । उनले दुई गोल गरिसकेका लेवान्डोस्कीको पासलाई सदुपयोग गरेका थिए ।

यस जितसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई १५ अंकले पछि पारेको छ । बार्सिलोनाको २७ खेलबाट ७१ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५६ अंक छ । पराजित इल्चे १३ अंक जोडेर पुछारमा छ ।– एजेन्सी

Published Date: 02 April 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी