लेवान्डोस्की चम्कँदा बार्सिलोनाको सानदार जित

लेवान्डोस्की चम्कँदा बार्सिलोनाको सानदार जित : Icon Khabar

काठमाडौं,  चैत्र १९ ।  पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाले रेलिगेसन जोनको पुछारमा रहेको घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो । थप दुई गोल अन्सु फाती र फेरान टोरेसको नाममा रह्यो ।

इल्चेमा शनिबार राति भएको एक पक्षीय खेलको २०औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । उनले रोनाल्ड एराउजोको पासमा गोल गर्न सफल भएका थिए ।

५६औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले फेरान टोरेसको पासलाई सदुपयोग गरे । ६६औं मिनेटमा गाभीको पासमा लेवान्डोस्कीले व्यक्तिगता दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए ।

७०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए । उनले दुई गोल गरिसकेका लेवान्डोस्कीको पासलाई सदुपयोग गरेका थिए ।

यस जितसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई १५ अंकले पछि पारेको छ । बार्सिलोनाको २७ खेलबाट ७१ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५६ अंक छ । पराजित इल्चे १३ अंक जोडेर पुछारमा छ ।– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2023
Website | + posts




ताजा
सरकारले भदौ २३–२४ का प्रदर्शनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने
दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या उच्च
सोमबार नेप्से परिसूचक ८.२४ अंकले घट्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)