श्रम मन्त्रालयद्वारा स्थानीय तहबाट श्रम स्वीकृति दिने तयारी

श्रम मन्त्रालयद्वारा स्थानीय तहबाट श्रम स्वीकृति दिने तयारी : Icon Khabar

काठमाडौं, चैत १७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चैत १८ गतेदेखि ७५३ वटै स्थानीय तहबाट श्रम स्वीकृतिका लागि आवेदन दिन सक्ने गरी आवश्यक व्यवस्था मिलाएको छ ।

स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रबाट आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले सो निर्णय गरेका हुन् ।

मोलेसका अनुसार वैदेशिक रोजगारीसम्बन्धी जानकारी स्थानीय तहबाट सरोकारवालालाई पु¥याउने र अब वैदेशिक रोजगारीका लागि स्वीकृतिका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः अनुमतिका लागि निवेदन दिन सकिनेछ ।

प्रवक्ता घिमिरेले रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको काम गरिने बताए । यसअघि सातवटै प्रदेशका श्रम कार्यालयबाट श्रम स्वीकृतिको काम हुँदै आएको थियो ।

Published Date: 31 March 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय