श्रम मन्त्रालयद्वारा स्थानीय तहबाट श्रम स्वीकृति दिने तयारी

श्रम मन्त्रालयद्वारा स्थानीय तहबाट श्रम स्वीकृति दिने तयारी : Icon Khabar

काठमाडौं, चैत १७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चैत १८ गतेदेखि ७५३ वटै स्थानीय तहबाट श्रम स्वीकृतिका लागि आवेदन दिन सक्ने गरी आवश्यक व्यवस्था मिलाएको छ ।

स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रबाट आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले सो निर्णय गरेका हुन् ।

मोलेसका अनुसार वैदेशिक रोजगारीसम्बन्धी जानकारी स्थानीय तहबाट सरोकारवालालाई पु¥याउने र अब वैदेशिक रोजगारीका लागि स्वीकृतिका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः अनुमतिका लागि निवेदन दिन सकिनेछ ।

प्रवक्ता घिमिरेले रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको काम गरिने बताए । यसअघि सातवटै प्रदेशका श्रम कार्यालयबाट श्रम स्वीकृतिको काम हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2023
Website | + posts