प्रमुख राजनीतिक दलहरूद्वारा जति सक्दो चाँडो संसदबाट नागरिकता विधेयक पारित गर्ने प्रतिबद्धता

प्रमुख राजनीतिक दलहरूद्वारा जति सक्दो चाँडो संसदबाट नागरिकता विधेयक पारित गर्ने प्रतिबद्धता : Icon Khabar

काठमाडौं, चैत १७ । संसदमा रहेका विभिन्न सात राजनीतिक दलका शीर्ष नेताहरूले नागरिकता विधेयकलाई जतिसक्दो चाँडो संसदबाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मिडिया एड्भोकेसी ग्रुप र फोरम फर वुमन, ल एन्ड डेभलपमेन्ट (एफडब्लुएलडी)ले संयुक्त रुपमा आयोजना गरेको ‘नागरिकता विधेयक: राजनीतिक दलको दृष्टिकोण’ कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रमुख सचेतकले कुनै पनि नेपालीलाई नागरिकताबाट वञ्चित नगर्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले अहिले संसदमा रहेको नागरिकता विधेयकलाई पनि चाँडोभन्दा चाँडो पारित गर्ने आश्वासन दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले मन्त्रिपरिषद् विस्तार भएपछि नागरिकता विधेयक संसदमा ल्याएर पारित गराउने आफ्नो पार्टीको प्राथमिकता हुने बताए । “जन्मका आधारमा नागरिकता पाउन योग्य धेरै युवा अझै पनि राज्यको मान्यताको पर्खाइमा छन्,” उनले भने । ‘म र मेरो पार्टीले कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गरिने छैन भन्ने आश्वासन दिन्छौं ।

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले अब कुनै ढिलाइ नगरी नागरिकता विधेयकलाई अन्तिम रूप दिन आवश्यक रहेको बताइन् । नेपाली आमाबाट सन्तानलाई नागरिकता दिने मापदण्डमा किन भेदभाव ? उनले प्रश्न गरिन् । “यस विभेदले धेरै युवाहरूलाई राज्यविहीन बनाएको छ। तसर्थ नागरिकता विधेयक संसदमा ल्याई पारित गर्न मेरो पार्टीलगायत सरोकारवालाहरूलाई आग्रह गर्दछु ।”

पछिल्लो जनगणना अनुसार नेपालमा १७ लाख बालबालिका एकल आमासँग बस्दै आएका छन् । नेपालको संविधान र नागरिकता ऐनले सन्तानलाई बाबुले मात्रै नागरिकता दिन सक्ने व्यवस्था छ । यसरी नेपाली नागरिक आमाको हकमा पनि विभिन्न कारणले जन्मिएका बालबालिका आफ्ना बाबु कहाँ छन् भन्ने पत्तो नहुँदा अलपत्र पर्छन् ।

महिला कानुन तथा अधिकार मञ्चका अधिवक्ता सविन श्रेष्ठले बताइन् । त्यसैले आगामी नागरिकता संशोधन विधेयकमा आमा नेपाली नागरिक भएमा बाबु नचिनेका छोराछोरीलाई पनि नागरिकता दिनुपर्छ ।

नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले यस्तो समस्या हुनुको मुख्य कारण पितृसत्ता रहेको तर्क गरे । “पितृसत्ताले नागरिकताका मुद्दाहरूमा मात्रै होइन अरूमा पनि आफ्नो भूमिका खेलेको छ। तर नागरिकताको सवालमा हाम्रो संविधान प्रष्ट भए पनि व्यवहारिक जीवनमा कार्यान्वयन गर्न असफल भएका छौं,’ उनले भने ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नागरिकताको प्रमाणपत्र संवेदनशील विषय भएको बताएका छन् । ‘नागरिकता प्रमाणपत्र निकै महत्वपूर्ण र संवेदनशील विषय हो । यो राष्ट्रियता, स्वतन्त्रता र क्षेत्रीय अखण्डतासँग गाँसिएको छ,’ उनले भने । “मेरो पार्टीले जतिसक्दो चाँडो नागरिकता विधेयक पारित गर्न प्रतिबद्ध छ। यद्यपि, सामग्री र प्रक्रिया यहाँ दुई प्रमुख चीजहरू हुन्। म सबैलाई अनुरोध गर्न चाहन्छु कि कृपया सामग्री ध्यानपूर्वक पढ्नुहोस् र छलफल गर्नुहोस्। यसले विधेयक पारित गर्ने प्रक्रियालाई सहज बनाउँछ ।”

यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को दुवै सदनले पारित गरे पनि विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी थिइन् ।

Published Date: 31 March 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता