आज पहाडी भू-भाग र तराईका स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

आज पहाडी भू-भाग र तराईका स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, चैत १७ । देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जसका कारण देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम (सुदूरपश्चिम) प्रदेश लगायतका बाँकी प्रदेशका पहाडी क्षेत्रमा सामान्य परिवर्तन भएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

शनिबार देशभर सामान्य परिवर्तन हुनेछ । पहाडी भेगका केही स्थानमा र तराईका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज काठमाडौंको मौसम सामान्य रहेको र हल्का वर्षाको सम्भावना रहेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ११ डिग्री र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

Published Date: 31 March 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय