प्रधानमन्त्री थ्री नेसन्स कप: उपाधिका लागि आज नेपाल र लाओस भिड्दै

प्रधानमन्त्री थ्री नेसन्स कप: उपाधिका लागि आज नेपाल र लाओस भिड्दै : Icon Khabar

काठमाडौं, चैत १७ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको प्रतियोगिताको उपाधिका लागि घरेलु टोली नेपाल र लाओस प्रतिस्पर्धा गर्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५:३० मा फाइनल प्रतिस्पर्धा हुनेछ।

नेपालले पहिलो खेलमा लाओसलाई २- १ ले हराएको थियो भने दोस्रो खलमा भुटानसँग १ -१ गोलको बराबरी खेलेको थियो । लाओसले पनि भुटानलाई दोस्रो खेलमा २- १ ले हराँउदा पहिलो खेलमा नेपालसँग समान २ – १ गोल अन्तरमा पराजित भएको थियो ।

नेपाल उपाधि आफैसँग राख्ने योजनाकासाथ मैदान प्रवेशगर्ने छ ,भने पाहुना टोली लाओस इतिहास रच्दै उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यमा छ ।

लाओसविरुद्ध मिडफिल्डर पुजन उपरकोटी र फरवार्ड अन्जन विष्ट टोलीमा हुनेछैनन् । यसको प्रभाव टोलीमा पर्नेछ । तर, नेपालसँग दीपक राज सिंह ठकुरी, एरिक विष्ट, नवयुग श्रेष्ठ, भरत खवास, आयुष घलान, रोहित चन्द ठकुरी, विकास खवास, मणि कुमार लामा, कमल थापा र कप्तान तथा गोलरक्षक किरण चेम्जोङ टोलीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित