प्रधानमन्त्री थ्री नेसन्स कप: उपाधिका लागि आज नेपाल र लाओस भिड्दै

प्रधानमन्त्री थ्री नेसन्स कप: उपाधिका लागि आज नेपाल र लाओस भिड्दै : Icon Khabar

काठमाडौं, चैत १७ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको प्रतियोगिताको उपाधिका लागि घरेलु टोली नेपाल र लाओस प्रतिस्पर्धा गर्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५:३० मा फाइनल प्रतिस्पर्धा हुनेछ।

नेपालले पहिलो खेलमा लाओसलाई २- १ ले हराएको थियो भने दोस्रो खलमा भुटानसँग १ -१ गोलको बराबरी खेलेको थियो । लाओसले पनि भुटानलाई दोस्रो खेलमा २- १ ले हराँउदा पहिलो खेलमा नेपालसँग समान २ – १ गोल अन्तरमा पराजित भएको थियो ।

नेपाल उपाधि आफैसँग राख्ने योजनाकासाथ मैदान प्रवेशगर्ने छ ,भने पाहुना टोली लाओस इतिहास रच्दै उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यमा छ ।

लाओसविरुद्ध मिडफिल्डर पुजन उपरकोटी र फरवार्ड अन्जन विष्ट टोलीमा हुनेछैनन् । यसको प्रभाव टोलीमा पर्नेछ । तर, नेपालसँग दीपक राज सिंह ठकुरी, एरिक विष्ट, नवयुग श्रेष्ठ, भरत खवास, आयुष घलान, रोहित चन्द ठकुरी, विकास खवास, मणि कुमार लामा, कमल थापा र कप्तान तथा गोलरक्षक किरण चेम्जोङ टोलीमा रहेका छन् ।

Published Date: 31 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय