राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जनगणनाको बारेमा गलत सूचना नफैलाउन सबैमा अपिल

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जनगणनाको बारेमा गलत सूचना नफैलाउन सबैमा अपिल : Icon Khabar

काठमाडौं, चैत १७ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक भएपछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा धर्मसम्बन्धी गलत सूचना फैलिएकोमा चिन्ता व्यक्त गरेको छ ।

कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भमा फैलिएको धर्मसम्बन्धी भ्रमपूर्ण, नक्कली र भ्रामक तथ्याङ्कबाट अलमलमा नपर्न सबैमा अनुरोध गरेको छ ।

कार्यालयले जातीय, धर्म र भाषाको विस्तृत तथ्याङ्कलाई अन्तिम रूप दिने र सोही अनुसार सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । ‘जाति, भाषा र धर्मसँग सम्बन्धित व्यक्ति तथा संघले करिब ७० वटा ज्ञापनपत्र बुझाएकाले सम्बन्धित विज्ञ, संघ, भाषा आयोगलगायत संवैधानिक निकायका प्रतिनिधिसँग छलफल भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ६ दिनअघि संघीय राजधानीमा एक कार्यक्रमका बीच जनगणनाको नतिजा सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट