राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जनगणनाको बारेमा गलत सूचना नफैलाउन सबैमा अपिल

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा जनगणनाको बारेमा गलत सूचना नफैलाउन सबैमा अपिल : Icon Khabar

काठमाडौं, चैत १७ । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाको नतिजा सार्वजनिक भएपछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा धर्मसम्बन्धी गलत सूचना फैलिएकोमा चिन्ता व्यक्त गरेको छ ।

कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनगणना, २०७८ को सन्दर्भमा फैलिएको धर्मसम्बन्धी भ्रमपूर्ण, नक्कली र भ्रामक तथ्याङ्कबाट अलमलमा नपर्न सबैमा अनुरोध गरेको छ ।

कार्यालयले जातीय, धर्म र भाषाको विस्तृत तथ्याङ्कलाई अन्तिम रूप दिने र सोही अनुसार सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । ‘जाति, भाषा र धर्मसँग सम्बन्धित व्यक्ति तथा संघले करिब ७० वटा ज्ञापनपत्र बुझाएकाले सम्बन्धित विज्ञ, संघ, भाषा आयोगलगायत संवैधानिक निकायका प्रतिनिधिसँग छलफल भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ६ दिनअघि संघीय राजधानीमा एक कार्यक्रमका बीच जनगणनाको नतिजा सार्वजनिक गरेका थिए ।

Published Date: 31 March 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय