सरकारले बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्ने

सरकारले बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्ने : Icon Khabar

काठमाडौं, चैत १६ । सरकारले बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्ने भएको छ ।

वैशाख ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए ।

उनका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

महाशाखाले अभियानलाई सफल बनाउन प्रदेश र स्थानीय तहलाई सहयोग गर्न परिपत्र जारी गरेको छ ।

Published Date: 30 March 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड