राष्ट्रियसभा बैठकमा विभिन्न आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

राष्ट्रियसभा बैठकमा विभिन्न आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत : Icon Khabar

काठमाडौं, चैत १६ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन्।

बैठकमा थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०२२/२३, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०२२/२३, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन २०२२/२३ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०२२/२३ प्रस्तुत गरिएको थियो ।

बैठकले ‘राष्ट्रिय प्रोटोकल विधेयक–२०७९’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रियसभाको बैठकले विधेयकलाई दफावार छलफलका लागि व्यवस्थापिका व्यवस्थापन समितिमा पठाउन सांसद डा बेदुराम भुसालले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभाको अर्को बैठक चैत २१ गते बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट