राष्ट्रियसभा बैठकमा विभिन्न आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

राष्ट्रियसभा बैठकमा विभिन्न आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत : Icon Khabar

काठमाडौं, चैत १६ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन्।

बैठकमा थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०२२/२३, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०२२/२३, राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन २०२२/२३ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०२२/२३ प्रस्तुत गरिएको थियो ।

बैठकले ‘राष्ट्रिय प्रोटोकल विधेयक–२०७९’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रियसभाको बैठकले विधेयकलाई दफावार छलफलका लागि व्यवस्थापिका व्यवस्थापन समितिमा पठाउन सांसद डा बेदुराम भुसालले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रियसभाको अर्को बैठक चैत २१ गते बस्नेछ ।

Published Date: 30 March 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड