बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घट्यो : Icon Khabar

काठमाडौं, चैत १६ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिन निरन्तर उकालो लागेको नेप्से, आज ओरालो लागेको छ । आज सेयर बजार १०.८७ अंकले घटेर १९०८.५५ को बिन्दुमा कायम भएको हो ।

यस साताको दोस्रो कारोबार दिनदेखि नेप्से उकालो लागेको थियो। पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक ३१.१३ अंक बढेको थियो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ इण्डेक्स ०.६१ अंक घटेको छ।

यस दिन पनि बजारमा १ अर्बभन्दा कमको शेयर कारोबार भएको छ। यस दिन नेप्सेमा २५४ स्टकको २६ हजार ४३४ पटकको कारोबारमा ८९ करोड ९५ लाख ३२ हजार रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार पनि सुपर माई हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। उक्त कम्पनीको शेयरमूल्य ५२ रुपैयाँ बढेर ५७२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, सिटिजन्स म्युचुअल फण्ड र कालिञ्चोक दर्शनको मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको आदर्श लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.०७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

Published Date: 30 March 2023
ताजा
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय