सातदोबाटोस्थित आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला

सातदोबाटोस्थित आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ला : Icon Khabar

काठमाडौं, चैत १६ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पौडी पोखरीको शुभारम्भ गरे ।

पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जनाएका छन् । दैनिक ३ सिफ्टमा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सिफ्ट बिहान १०–१२ बजे, दोश्रो अपरान्ह १–३ बजे र तेश्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ ।

व्यक्तिगत प्रति सिफ्ट २ सय, व्यक्तिगत मासिक ४ हजार, व्यक्तिगत त्रैमासिक १० हजार, व्यक्तिगत प्रशिक्षणसहित प्रति महिना ५ हजार र व्यक्तिगत प्रशिक्षणसहति त्रैमासिकको १३ हजार शुल्क तोकिएको छ ।

प्रमुख कट्वालले गत सिजनमा करिब ५० हजार जना पौडी खेल्न आएको र करिब १ करोड आम्दानी भएको जानकारी गराए ।

Published Date: 30 March 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड