यी ८ कुरा जसले तपाईमा आत्मविश्वास बढाउन धेरै सहयोग गर्छ

यी ८ कुरा जसले तपाईमा आत्मविश्वास बढाउन धेरै सहयोग गर्छ : Icon Khabar

काठमाडौँ, चैत १६ । मानिसको जीवनमा आत्मविश्वासले ठूलो भूमिका खेलेको हुन्छ । आत्मविश्वासले नै मानिसले समूहमा आफ्नो विचार राख्न सक्ने, आफ्नो रुचि अनुसारको कामको सुरुवात गर्न सक्ने हुन्छ । जीवनमा सफलता दिलाउने आत्मविश्वासलाई यसरी बढाउन सकिन्छ :

– धेरै सोंच्ने बानी छ भने आजैदेखि त्यो बानी कम गर्दै लैजानुहोस् । आफू जे हुनुहुन्छ, त्यहि बन्नुहोस् ।

– आफूलाई अरुसंग तुलना नगर्नुहोस् ।

– आफ्ना कमजोरीहरुलाई सुधार्ने प्रयास गर्नुहोस् तर तिनै कमजोरीलाई लिएर आफू असक्षम छु भन्ने नठान्नुहोस् ।

– एकै पटकमा कोही पनि व्यक्ति पर्फेक्ट हुँदैन। हरेक व्यक्तिले समय र अनुभव अनुसार सिक्दै जाने हो र मैले पनि सिक्दै जानुपर्छ भन्ने कुरालाई मनन गर्नुहोस्।

– सकारात्मक सोंच राख्नुहोस् र मुस्कुराउन सिक्नुहोस् । समूहमा आफ्नो विचार नहिच्किचाई राख्नुहोस् ।

– आलोचनाहरुसंग नडराउनुहोस् । आलोचनाहरुलाई विश्लेषण गर्नुहोस् । सकारात्मक सोंच राख्ने र उर्जाशील मानिसहरुको संगत गर्नुहोस् । आफूलाई माया गर्न सिक्नुहोस् र आफ्नो हेरचाहा गर्नुहोस् ।

– समाजमा घुलमिल हुनुहोस् । आफूले नजानी गरेका वा भएका गल्तीहरुलाई सहज तरिकाले लिनुहोस् ।

– विगत सबैको हुन्छ त्यसैले विगतलाई लिएर हीनताबोध वा असहज महसुस नगर्नुहोस् ।

Published Date: 30 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर