यी ८ कुरा जसले तपाईमा आत्मविश्वास बढाउन धेरै सहयोग गर्छ

यी ८ कुरा जसले तपाईमा आत्मविश्वास बढाउन धेरै सहयोग गर्छ : Icon Khabar

काठमाडौँ, चैत १६ । मानिसको जीवनमा आत्मविश्वासले ठूलो भूमिका खेलेको हुन्छ । आत्मविश्वासले नै मानिसले समूहमा आफ्नो विचार राख्न सक्ने, आफ्नो रुचि अनुसारको कामको सुरुवात गर्न सक्ने हुन्छ । जीवनमा सफलता दिलाउने आत्मविश्वासलाई यसरी बढाउन सकिन्छ :

धेरै सोंच्ने बानी छ भने आजैदेखि त्यो बानी कम गर्दै लैजानुहोस् । आफू जे हुनुहुन्छ, त्यहि बन्नुहोस् ।

आफूलाई अरुसंग तुलना नगर्नुहोस् ।

आफ्ना कमजोरीहरुलाई सुधार्ने प्रयास गर्नुहोस् तर तिनै कमजोरीलाई लिएर आफू असक्षम छु भन्ने नठान्नुहोस् ।

एकै पटकमा कोही पनि व्यक्ति पर्फेक्ट हुँदैन। हरेक व्यक्तिले समय र अनुभव अनुसार सिक्दै जाने हो र मैले पनि सिक्दै जानुपर्छ भन्ने कुरालाई मनन गर्नुहोस्।

सकारात्मक सोंच राख्नुहोस् र मुस्कुराउन सिक्नुहोस् । समूहमा आफ्नो विचार नहिच्किचाई राख्नुहोस् ।

आलोचनाहरुसंग नडराउनुहोस् । आलोचनाहरुलाई विश्लेषण गर्नुहोस् । सकारात्मक सोंच राख्ने र उर्जाशील मानिसहरुको संगत गर्नुहोस् । आफूलाई माया गर्न सिक्नुहोस् र आफ्नो हेरचाहा गर्नुहोस् ।

समाजमा घुलमिल हुनुहोस् । आफूले नजानी गरेका वा भएका गल्तीहरुलाई सहज तरिकाले लिनुहोस् ।

विगत सबैको हुन्छ त्यसैले विगतलाई लिएर हीनताबोध वा असहज महसुस नगर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Website | + posts
ताजा
भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति काठमाडौं महानगरले खारेज गर्ने
काठमाडौंमा उत्पादित रायो सागमा अत्यधिक विषादी भेटियो
बोन्डी गोलीकाण्डपछि अष्ट्रेलियामा कडा बन्दुक कानून पारित गर्ने तयारी
मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न