पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल राष्ट्रपतिको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त

पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल राष्ट्रपतिको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त : Icon Khabar

काठमाडौं, चैत १६ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले पूर्वगभर्नर नेपाललाई आफ्नो प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । डा. नेपालले यसअघि परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारका रुपमा काम गरिसकेका छन् ।

यस्तै राष्ट्रपति पौडेलले कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् । कुँवर गण्डकी प्रदेशका पूर्वप्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Website | + posts
ताजा
भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति काठमाडौं महानगरले खारेज गर्ने
काठमाडौंमा उत्पादित रायो सागमा अत्यधिक विषादी भेटियो
बोन्डी गोलीकाण्डपछि अष्ट्रेलियामा कडा बन्दुक कानून पारित गर्ने तयारी
मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न