सरकार र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता

सरकार र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता : Icon Khabar

काठमाडौं, चैत १६ । सरकारको वार्ता टोली र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको छ ।

गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी दिलकुमार तामाङले वार्ता टोली र पीडितबीच बिहीबार छलफल गर्ने समय तय भए बमोजिम मन्त्रालयमा वार्ता जारी रहेको बताए।

गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो । उक्त टोलीको सदस्यहरूमा उपसचिव दिलबहादुर तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगाबहादुर दंगाल छन्।

पीडित महेन्द्र साहका अनुसार सरकारसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन भएको छ । जसमा मनोजकुमार पासवान, श्याम चौधरी, छेदिलाल पासवान, रामरजन यादव र सङ्घर्ष दाहाल सदस्य छन्।

मिटरब्याज पीडित यही चैत २ गतेदेखि बर्दिबासबाट हेटौँडा हुँदै पैदल यात्रा गरेर चैत १३ गते काठमाडौंको खुलामञ्चमा विरोध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Website | + posts
ताजा
दशैंको नवरातमा ‘धिमे बाजा’मै बढी जोड, अन्य परम्परागत वाद्यवादन ओझेलमा
देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुल्यो
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)