सरकार र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता

सरकार र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता : Icon Khabar

काठमाडौं, चैत १६ । सरकारको वार्ता टोली र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको छ ।

गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी दिलकुमार तामाङले वार्ता टोली र पीडितबीच बिहीबार छलफल गर्ने समय तय भए बमोजिम मन्त्रालयमा वार्ता जारी रहेको बताए।

गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो । उक्त टोलीको सदस्यहरूमा उपसचिव दिलबहादुर तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगाबहादुर दंगाल छन्।

पीडित महेन्द्र साहका अनुसार सरकारसँग वार्ता गर्न पाँच सदस्यीय समिति गठन भएको छ । जसमा मनोजकुमार पासवान, श्याम चौधरी, छेदिलाल पासवान, रामरजन यादव र सङ्घर्ष दाहाल सदस्य छन्।

मिटरब्याज पीडित यही चैत २ गतेदेखि बर्दिबासबाट हेटौँडा हुँदै पैदल यात्रा गरेर चैत १३ गते काठमाडौंको खुलामञ्चमा विरोध प्रदर्शन गरेका थिए ।

Published Date: 30 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर