सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु, रथको रुटमा सवारी साधन निषेध

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु, रथको रुटमा सवारी साधन निषेध : Icon Khabar

काठमाडौं, चैत १५ । सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदैछ । आज अपराह्न ४ बजे मच्छिन्द्र बहलदेखि तिधारा पाठशालासम्म जात्रा निस्कनेछ ।

रथयात्रा साँझ ५ बजेदेखि साढे ६ बजेसम्म जमल, रत्नपार्क हुँदै आसन हुँदै भोटाहिटी पुग्नेछ ।

त्यसपछि चैत १६ गते असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, माखन र हनुमानढोकासम्म साँझ ५ बजेदेखि साढे ६ बजेसम्म रथ तान्नेछ ।

भोलिपल्ट साँझ ४ बजेदेखि साढे ६ बजेसम्म हनुमानढोका, चिङ्कमुगल, जैशीदेवल, ज्याबहालसम्म रथयात्रा गरी पर्व सुरु हुनेछ ।

यसैगरी, चैत १८ गते लगन आमा रुख परिक्रमा, चैत १९ गते लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म पुर्‍याइन्छ ।

पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै सेतो मच्छिन्द्रनाथको रथयात्रा निकाल्ने गरिन्छ । मल्लकालीन राजा यज्ञ मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

Published Date: 29 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय