सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु, रथको रुटमा सवारी साधन निषेध

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु, रथको रुटमा सवारी साधन निषेध : Icon Khabar

काठमाडौं, चैत १५ । सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु हुँदैछ । आज अपराह्न ४ बजे मच्छिन्द्र बहलदेखि तिधारा पाठशालासम्म जात्रा निस्कनेछ ।

रथयात्रा साँझ ५ बजेदेखि साढे ६ बजेसम्म जमल, रत्नपार्क हुँदै आसन हुँदै भोटाहिटी पुग्नेछ ।

त्यसपछि चैत १६ गते असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक, माखन र हनुमानढोकासम्म साँझ ५ बजेदेखि साढे ६ बजेसम्म रथ तान्नेछ ।

भोलिपल्ट साँझ ४ बजेदेखि साढे ६ बजेसम्म हनुमानढोका, चिङ्कमुगल, जैशीदेवल, ज्याबहालसम्म रथयात्रा गरी पर्व सुरु हुनेछ ।

यसैगरी, चैत १८ गते लगन आमा रुख परिक्रमा, चैत १९ गते लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म पुर्‍याइन्छ ।

पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै सेतो मच्छिन्द्रनाथको रथयात्रा निकाल्ने गरिन्छ । मल्लकालीन राजा यज्ञ मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2023
Website | + posts




ताजा
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर
आज पनि सुनको भाउ प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्यो
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित