नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने : Icon Khabar

काठमाडौं, चैत १४ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएको छ । निगमले अप्रिलदेखि लागू हुने गरी यस विमानस्थलबाट साप्ताहिक दुईवटा उडान स्लट पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रिय ध्वजावाहक कम्पनीले साताको मङ्गलबार र बिहीबार जिबिआइबाट उडान गर्न सक्नेछ । निगमले काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौँ रुटमा उडान गर्ने योजना बनाएको निरौलाले बताए ।

निगमका प्रवक्ता अर्चना खड्काले भैरहवाबाट उडानका लागि निगमले गृहकार्य थालिसकेको बताइन् । निगमले अहिलेसम्म उडानको भाडा तोकेको छैन ।

यसअघि भैरहवाबाट उडान नभएको भन्दै क्यानले केही महिनाअघि काठमाडौं–दिल्ली उडानको स्लट काटेको थियो । त्यो स्लट काटिएपछि क्यान र निगमबीच विवाद भयो । त्यसपछि निगमले काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौँ उडान प्रस्ताव गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2023
Website | + posts