नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने : Icon Khabar

काठमाडौं, चैत १४ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएको छ । निगमले अप्रिलदेखि लागू हुने गरी यस विमानस्थलबाट साप्ताहिक दुईवटा उडान स्लट पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रिय ध्वजावाहक कम्पनीले साताको मङ्गलबार र बिहीबार जिबिआइबाट उडान गर्न सक्नेछ । निगमले काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौँ रुटमा उडान गर्ने योजना बनाएको निरौलाले बताए ।

निगमका प्रवक्ता अर्चना खड्काले भैरहवाबाट उडानका लागि निगमले गृहकार्य थालिसकेको बताइन् । निगमले अहिलेसम्म उडानको भाडा तोकेको छैन ।

यसअघि भैरहवाबाट उडान नभएको भन्दै क्यानले केही महिनाअघि काठमाडौं–दिल्ली उडानको स्लट काटेको थियो । त्यो स्लट काटिएपछि क्यान र निगमबीच विवाद भयो । त्यसपछि निगमले काठमाडौं–दिल्ली–भैरहवा–काठमाडौँ उडान प्रस्ताव गरेको थियो ।

Published Date: 28 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग