सरकारद्वारा मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन

सरकारद्वारा मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन : Icon Khabar

काठमाडौं, चैत १४ । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार सरकारले मिटरब्याज पीडितका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारी गरेको छ । उनले उक्त विधेयकको विषय आज (मङ्गलबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत हुने बताए।

उनले भने, “पीडितसँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जङ्गा बहादुर दंगाल हुनुहुन्छ ।”

प्रेस संयोजक शर्माले उक्त वार्ता टोलीले मिटरब्याज पीडितसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको बताए ।

प्रधानमन्त्री प्रचण्डले गृहसचिव र सचिवालयका पदाधिकारलाई पीडितसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिएको उनको भनाइ छ । वार्ता टोलीले छलफल गरेपछि प्रधानमन्त्रीले आज नै पीडितसँग भेट एवम् छलफल गर्ने कार्यक्रम तय भएको शर्माले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2023
Website | + posts