आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने सम्भावना : Icon Khabar

काठमाडौं, चैत १४ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशको बाँकी भूभागमा सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2023
Website | + posts