फाइनलमा पुग्न आज नेपाल र भुटान भिड्दै

फाइनलमा पुग्न आज नेपाल र भुटान भिड्दै : Icon Khabar

काठमाडौँ, चैत १४ । आज घरेलु टोली नेपाल र भुटान प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भिड्दैछन् । खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ ।

दुवै नेपाल र भुटानले समूह चरणमा लाअ‍ोसको सामना गरिसकेका छन् । नेपालले पहिलो खेलमा लाअ‍ोसलाई २-० ले पराजित गर्दा भुटान २-१ ले पराजित भएको थियो । नेपालले फितलो प्रदर्शन गरेपनि जित हासिल गरेको थियो । भुटान र लाअ‍ोसको खेल निकै प्रतिस्पर्धात्मक चलेको थियो ।

आजको खेलमा नेपालले जित वा बराबरी हासिल गरे फाइनलमा स्थान बनाउनेछ । यसबाहेक १ गोलको अन्तरले हार बेहोरेपनि नेपालले फाइनल यात्रा तय गर्नेछ ‌। भुटानले भने फाइनल पुग्न कम्तीमा जित हासिल गर्नुपर्ने समिकरण रहेको छ ।

लाअ‍ोसको फाइनल पुग्ने भविष्य पनि यसै खेलले निर्धारण गर्नेछ । नेपालको बराबरी वा जितले लाअ‍ोस र नेपाल फाइनल पुग्नेछन् । भुटानले ३ गोलको अन्तर वा सोभन्दा बढी गोलले जिते मात्र नेपाल बाहिरिने समिकरण रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट