आज पहाडी भू-भागका स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना

आज पहाडी भू-भागका स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, चैत १२ । कर्णाली र सुदूरपश्चिम (सुदूरपश्चिम) प्रदेशका पहाडी भूभागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण यस्तो भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार पनि कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)