आज पहाडी भू-भागका स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना

आज पहाडी भू-भागका स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, चैत १२ । कर्णाली र सुदूरपश्चिम (सुदूरपश्चिम) प्रदेशका पहाडी भूभागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण यस्तो भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार पनि कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Published Date: 26 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग