तपाई टाइट कपडा लगाउनु हुन्छ ? हाम्रो शरीरका लागि फाइदा भन्दा पनि बेफाइदा धेरै

तपाई टाइट कपडा लगाउनु हुन्छ ? हाम्रो शरीरका लागि फाइदा भन्दा पनि बेफाइदा धेरै : Icon Khabar

काठमाडौँ, चैत १० । आफूलाई सुन्दर देखाउने नाउँमा आफ्नै स्वास्थ्यमाथि खेलवार्ड भईरहेको धेरैलाई थाहा नहुन सक्छ । तर कपडा टाईट लगाउँदा स्वास्थ्यमा असर पर्ने गरेको छ ।

कपडा किन्दा जहिले पनि आफूलाई सहज हुने खालको लगाउनु पर्दछ । भुँडी ठूलो भएका अनि बोसो लुकाउनका लागि कम्मरमुनि जीन्स (लो वेस्ट जीन्स) लगाउने मान्छेले स्वास्थ्यलाई हानी गराउँछन् ।

हामीले लगाउने कपडाले हाम्रो शरीरको आकार निर्धारण गर्छ । अनि भुँडीको बोसो लुकाउनका लागि टाइट जीन्स लगाउँदा बोसो माथि सर्छ र जम्मा हुन थाल्छ । अनि त तपाईंको शरीरले अनौठो र असाधारण आकार लिन थाल्छ ।

महिला र पुरुष दुवैले टाइट जीन्स लगाउनु ठीक हुन्न । धेरै टाइट जीन्स लगाउँदा पुरुषको अण्डकोष बिग्रेर उनीहरू नपुंसक हुन सक्छन् । टाइट जीन्सले नसा र मांसपेशी पनि खराब बनाउँछ ।

चिकित्सकहरूले कम्पार्टमेन्ट सिन्ड्रोम भनी चिनाउने रोग पनि टाइट जीन्सका कारण लाग्न सक्ने बताएका छन् । यसले गम्भीर आन्तरिक रक्तश्राव गराउँछ र मांसपेशी फुलाइदिन्छ । हिँडडुल गर्नै अप्ठ्यारो गराइदिन्छ ।

टाइट जीन्सले मृगौला पनि ड्यामेज गरिदिन्छ । चिपिक्क टाँसिएका जीन्सले तपाईंको सौन्दर्य बढाउनुपर्नेमा तपाईंको आकार नै बदल्न थालेमा तपाईं तत्काल सचेत हुनुपर्छ ।

Published Date: 24 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर