भक्तपुरको मझेरी क्याफेबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

भक्तपुरको मझेरी क्याफेबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ : Icon Khabar

भक्तपुर, चैत ९ । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित काठमाडौं सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-९ घर भई काठमाडौं नरेफाँट बस्ने ३९ वर्षीय दिलिप गिरीको मझेरी क्याफेमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १६ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४२ हजार ८ सय ५० रुपैयाँ, भारतीय रूपैयाँ ४८ हजार ५ सय र १६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published Date: 23 March 2023
ताजा
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज बिहीबारको राशिफल
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय