भक्तपुरको लिबालीमा सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि.को शाखा विस्तार

भक्तपुरको लिबालीमा सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि.को शाखा विस्तार : Icon Khabar

भक्तपुर, चैत ९ । सर्वसुलभ उपभोक्ता सहकारी संस्था लि.ले लिबालीमा सहकारीे पसलको शाखा विस्तार गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरेको सो कार्यक्रममा बोल्दै उनले सहकारी संस्थाहरुले आफ्नो व्यापार व्यवसायबाट धेरै नाफा कमाउने भन्दा पनि आफ्ना सदस्यहरुलाई सुविधा दिने र नेपाली उत्पादनलाई प्राथमिकतामा दिएर पसल सञ्चालन गर्नुपर्ने बताए।

बिचौलियाहरुको अन्त्य गर्न सहकारी पसलले भूमिका खेल्ने विश्वास व्यक्त गर्दैै पसलमा सर्वसुलभ तथा गुणस्तरीय सामान बिक्री वितरण गर्नतर्फ जोड दिन प्रेरित गरे । जनसमुदायको विश्वास कायम गर्नु पनि अर्को सफलता भएको बताउँदै उपभोक्ताहरूलाई आफ्नो अधिकारप्रति सचेत बनाएर कानुनले दिएको उपभोक्ता अधिकार प्रयोग गर्न सक्षम बनाउनु आजको आवश्यकता भएको बताए।

भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले सर्वसुलभ सहकारीले उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सेवा अगाडि बढाउनु आफैमा सफलता हुने बताए।

कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद लाखा, उपाध्यक्ष बद्री लाखा, कोषाध्यक्ष नारायणमान वनमाला, सल्लाहकार कृष्णभक्त लवजू र संस्थापक अध्यक्ष कृष्णगोविन्द लाखाजूले संस्था स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै सहकारी पसल बिहान ७ देखि राती ९ बजेसम्म खुल्ने र पसलले स्थानीय उत्पादनहरु जस्तै ताइचिन, चिउरा, भुटेको तोरीको तेल, परम्परागत नेवारी कपडा र पोशाकहरुको समेत विक्री गरिने अवगत गराए।

Published Date: 23 March 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक