अनन्त र नवयुगको गोलमा नेपालको जित

अनन्त र नवयुगको गोलमा नेपालको जित : Icon Khabar

काठमाडौं, चैत ८ । डिफेन्डर अनन्त तामाङ र फरवार्ड नवयुग श्रेष्ठको गोलमा नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसलाई हराएको छ । दशरथ रंगशालामा बुधबार नेपालले २-० को सहज जित दर्ता गरेको हो ।

खेलको पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा अग्रतालाई दोब्बर बनाएको थियो।

नेपालका लागि खेलको ३० औँ मिनेटमा अनन्त तामाङले गोल गरेका थिए। नवीन लामाको कर्नरमा अनन्तले हडेमार्फत गोल गरेका हुन्। नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले दोस्रो हाफको ५६औं मिनेटमा गरेका हुन्।

नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो। दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ।

Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय