अनन्त र नवयुगको गोलमा नेपालको जित

अनन्त र नवयुगको गोलमा नेपालको जित : Icon Khabar

काठमाडौं, चैत ८ । डिफेन्डर अनन्त तामाङ र फरवार्ड नवयुग श्रेष्ठको गोलमा नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसलाई हराएको छ । दशरथ रंगशालामा बुधबार नेपालले २-० को सहज जित दर्ता गरेको हो ।

खेलको पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा अग्रतालाई दोब्बर बनाएको थियो।

नेपालका लागि खेलको ३० औँ मिनेटमा अनन्त तामाङले गोल गरेका थिए। नवीन लामाको कर्नरमा अनन्तले हडेमार्फत गोल गरेका हुन्। नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले दोस्रो हाफको ५६औं मिनेटमा गरेका हुन्।

नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो। दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2023
Website | + posts