प्रहरीको एआईजीमा बढुवा भएका ५ प्रहरी अधिकृतसँग प्रधानमन्त्रीको भेट

प्रहरीको एआईजीमा बढुवा भएका ५ प्रहरी अधिकृतसँग प्रधानमन्त्रीको भेट : Icon Khabar

काठमाडौं, चैत ८ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको निर्देशनअनुसार भर्खरै प्रहरीको एआईजीमा बढुवा भएका ५ प्रहरी अधिकृतसँग भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रचण्डले बढुवा भएका एआइजीहरुलाई बधाई दिँदै सुशासन र समृद्धिका लागि सरकारको अभियानमा साथ दिन आग्रह गरे ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित ५ एआईजी सिंहदरबार पुगेका चार दिनपछि आईजीपीको नियुक्ति हुन लागेको हो । आईजीपी बढुवा हुनुभन्दा चार दिनअघि बुधबार उनीहरुले एआईजीको ब्याज लगाएका थिए ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार दाहालले बढुवा भएका सबै पदाधिकारी राम्रो रहेको बताउँदै संस्था र सरकारको छवि उकास्न काम गर्न निर्देशन दिएका छन् ।

‘अहिले बढुवा भएका ५ जनामध्ये एक जना आईजीपी हुनेछन्, मिलेर काम गरौँ’, प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘एआईजी मेरिटका आधारमा बढुवा भएको हो, कसैले गुनासो गरेको छैन ।

उनले यस वर्ष एआईजीको बढुवा निर्विवाद भएको भन्दै खुशी पनि व्यक्त गरेको अधिकारीले बताए ।

अहिले प्रधानमन्त्री दाहालले गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन् । मंसिर १३ गते मन्त्रालयले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

त्यसअघि तत्कालीन डीआईजी अशोक सिंह बढुवाको आकांक्षी थिए । तर, जन्ममिति विवादमा परेपछि उनले राजीनामा दिएका थिए ।

Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय