सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी : Icon Khabar

काठमाडौं, चैत ८ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ।

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार आधा घण्टादेखि बैठक जारी रहेको बताए।

उनका अनुसार बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी रहेको बताए । बैठकमा सत्ता साझेदार अन्य दलका नेता भने सहभागी छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2023
Website | + posts