राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट : Icon Khabar

काठमाडौं, चैत ८ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बुधबार शितल निवासमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा उनीहरुबीच नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध क्षेत्रका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएपछि राजदूत गीतले राष्ट्रपति पौडेललाई भेटेको यो पहिलो पटक हो ।

यसअघि राष्ट्रपति पौडेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले शिष्टाचार भेट गरेका थिए ।

Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय