दराजको वार्षिक दराज सेलर समिट २०२३ सम्पन्न

दराजको वार्षिक दराज सेलर समिट २०२३  सम्पन्न : Icon Khabar

काठमाडौं, चैत्र ८ । चर्चित अनलाइन ई-कमर्स प्लेटफर्म, दराज नेपालले यसवर्षको दराज सेलर समिट गत आइतबार आयोजना गरेको छ । कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य एजेन्डा दराजको सबै विक्रेताहरूलाई उनिहरुको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गर्नु हो |

कार्यक्रममा मधु कुमार मरासिनी (सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय), दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर,, शेखर गोल्छा(FNCCI का अध्यक्ष) र साथमा दीपकराज जोशी, रामचन्द्र तिवारी, प्रवीण रुक्षन, होमनाथ भट्टराई, भेषबहादुर कुँवर, लक्ष्मण हुमागाई, शंकरसिंह धामी, सुदेश उपाध्याय, गोविन्द घिमिरे र सुनिता कायस्थ विशेष अतिथिको रूपमा उपस्थित भएका थिए |

समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु कुमार मरासिनीले नेपालको ई-कमर्स उद्ध्योग र यसको आगामी सम्भावनाहरुलाई समावेश गर्दै केही शब्द राखेका थिए। त्यसैगरी दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले उपस्थित ब्यक्तित्वहरुलाई सम्बोधन गर्दै, कम्पनीले गत वर्षमा गरेका उपलब्धिहरू, भावी वर्षको लागि दृष्टिकोण, र वाणिज्य शक्तिको माध्यमबाट समुदायको उत्थान गर्न कम्पनीको प्रयासलाई हाइलाइट गरेका थिए।

यसबाहेक शेखर गोल्छाले नेपालको इकमर्स र डिजिटल अर्थतन्त्र, यसका फाइदा र बेफाइदाका साथै नेपालको ई-कमर्स उद्योगको लागि आगामी दशक कस्तो रहने छ भन्ने बारेमा आफ्ना विचार र दृष्टिकोणहरु साझा गरेका थिए।

त्यस्तै दराजको प्रमुख कार्यकारी अधिकृत बिमल अर्यालले विगत केही वर्षमा दराजले सञ्चालनको दृष्टिकोणबाट गरेका सुधारहरूको बारेमा पनि बोलेका थिए। यसका साथसाथै युनिसेफ आपतकालीन विशेषज्ञ सुनिता कायस्थ, एनएमबि बैंकका डीसीईओ गोविन्द घिमिरेले दराज बिक्रेताहरूले अब बैंकबाट Collateral Free Loan हरु प्राप्त गर्न सक्ने कुरा ब्यक्त गरे।

दराजले आफ्ना बिक्रेता र ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवाहरू प्रदान गर्न जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेको छ।
दराज नेपालले विगत पाँच वर्षदेखी आफ्नो सेवा अनुरुप स्थानीयको माग पूरा गर्न भरपर्दो, उपयोगी र लोकप्रिय बजारको रुपमा आफुलाई प्रस्तुत गर्दै आएको छ। दराजमा हाल १८,००० भन्दा बढी बिक्रेताहरू, प्रति महिना १५ लाख सक्रिय एप प्रयोगकर्ताहरू छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2023
Website | + posts