आईसीसी विश्व एकदिवसीय क्रिकेट वरियतामा नेपाल १५ औं स्थानमा उक्लियो

आईसीसी विश्व एकदिवसीय क्रिकेट वरियतामा नेपाल १५ औं स्थानमा उक्लियो : Icon Khabar

काठमाडौं, चैत ८ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वरियतामा नेपाल एकदिवसीय क्रिकेटमा १५ औं स्थानमा उक्लिएको छ ।

आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार भई १५ औं स्थानमा उक्लिएको छ । नेपाल ओमानभन्दा एक स्थान पछि झरेको छ । नेपालले ४० खेलबाट १२३८ अंक जोडेको छ । रेटिङमा नेपालले ३१ अंक जोडेको छ । ३० खेलबाट ९१९ अंक जोडेको ओमानले रेटिङमा नेपालभन्दा ३१ अंक जोडेको छ ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले पछिल्लो १२ खेलमध्ये ११ खेल जितेर १९ बाट १७, १६ बाट १५ औँ स्थानमा उक्लिएको छ ।

नेपालपछि ओमान १६औँ, नामिबिया १७औँ, अमेरिका १८औँ, युएई १९औँ र पपुवा न्युगिनी २०औँ स्थानमा छ । नेपालअघि नेदरल्याण्ड १४औँ, जिम्बाब्वे १३औँ र स्कटल्याण्ड १२औँ स्थानमा छ ।

भारत पहिलो, अष्ट्रेलिया दोस्रो, न्यूजिल्याण्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । त्यसैगरी पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौं, अफगानिस्तान दशौं र आयरल्यान्ड ११ औं स्थानमा छ ।

Published Date: 22 March 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक