आईसीसी विश्व एकदिवसीय क्रिकेट वरियतामा नेपाल १५ औं स्थानमा उक्लियो

आईसीसी विश्व एकदिवसीय क्रिकेट वरियतामा नेपाल १५ औं स्थानमा उक्लियो : Icon Khabar

काठमाडौं, चैत ८ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को वरियतामा नेपाल एकदिवसीय क्रिकेटमा १५ औं स्थानमा उक्लिएको छ ।

आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार भई १५ औं स्थानमा उक्लिएको छ । नेपाल ओमानभन्दा एक स्थान पछि झरेको छ । नेपालले ४० खेलबाट १२३८ अंक जोडेको छ । रेटिङमा नेपालले ३१ अंक जोडेको छ । ३० खेलबाट ९१९ अंक जोडेको ओमानले रेटिङमा नेपालभन्दा ३१ अंक जोडेको छ ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले पछिल्लो १२ खेलमध्ये ११ खेल जितेर १९ बाट १७, १६ बाट १५ औँ स्थानमा उक्लिएको छ ।

नेपालपछि ओमान १६औँ, नामिबिया १७औँ, अमेरिका १८औँ, युएई १९औँ र पपुवा न्युगिनी २०औँ स्थानमा छ । नेपालअघि नेदरल्याण्ड १४औँ, जिम्बाब्वे १३औँ र स्कटल्याण्ड १२औँ स्थानमा छ ।

भारत पहिलो, अष्ट्रेलिया दोस्रो, न्यूजिल्याण्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । त्यसैगरी पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौं, अफगानिस्तान दशौं र आयरल्यान्ड ११ औं स्थानमा छ ।

Published Date: 22 March 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय